झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ स्थित मेची राजमार्गमा गत असार २९ गते भएको दुर्घटनाका घाइतेको उपचारको क्रममा आज (सोमवार) मृत्यु भएको छ । 

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र.१–०१–०१५ प ३४०३ न.को मोटसाइकल र बिपरित दिशाबाट आउदै गरेको मे १ ज ३१८९ न.को बोलेरो गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी मोटसाइकल चालक बिर्तामोड–१ का २० बर्षिय सबिन बिष्ट घाइते भएका थिए । घाइते उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज मृत्यु भएको हो । 

सोही मोटसाइकल पछाडी सवार अर्जुनधारा–११ का अन्दाजी २० बर्षिय सन्दिप राजबंशीको उक्त अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडी र चालक ईलाम–५ का ३२ बर्षिय सुर्य अधिकारी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको साथै उक्त घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।