झापा । 

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार (आज)  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका फाकफोकथुम–१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रशरीले जनाएको छ ।