मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१३ का १८ बर्षीय बिबेक कामतलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर–८ मधुमाराका राजेश साहको घर कोठाबाट असार २९ गते राती सुनका बिभिन्न गर–गहना र नगद ४६ हजार समेत चोरी भएको थियो ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले कामतलाई चोरीका गहना र नगदसहित पक्राउ गरेको हो । पक्राउ परेका कामतको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।