सुनसरी ।
सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पूर्व पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा –३ का ३२ बर्षीय डम्बरकुमार दर्जी रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्रन १–०१–००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिशाबाट आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रदेश प्रहरीले जनाएको छ ।