मोरङ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आरआइटी) को प्रहरी टोलीले ज्यान मार्ने उधोग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका–५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।