झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर–६ स्थित नेपालबाट भारततर्फ अबैध रुपमा लगिदै गरेको तीन बोरा (९० केजी) सुपारी प्रहरीले पक्राउ गरेको छ । त्यस्तै सोही स्थानबाट भारतबाट नेपालतर्फ अवैंध रुपमा भञ्सार छलेर ल्याइदै गरेको चार पोका कपडा र २ बोरा ६० केजी सुपारी आइतवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ९० केजी ५० हजार रुपैयाँ मूल्य बराबरको सुपारी र चार पोका ३ लाख २० हजार रुपैयाँ मूल्य बराबरको कपडा र दुई बोरा ६० केजी ३० हजार रुपैयाँ मूल्य बराबरको सुपारी नियन्त्रणमा लिएको हो । ४ लाख
अवैध रुपमा पक्राउ गरिएको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर आवश्यक कारवाहीका लागि मेची भञ्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।