मोरङ । 

जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकलसहित चोरीमा संलग्न रहेका चार जनालाई पक्राउ गरेको छ । बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखीएका मोटरसाईल चोरी भएका थिए ।

को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७  नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर–४  का  २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकलसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।