शनिश्चरे ।

 झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–८ स्थित बजारमा रहेको बुढाथोकी कम्प्लेक्समा अर्जुनधारा सपिङ मार्ट सञ्चालनमा आएको छ ।  बजारमा छरिएर रहेका सम्पूर्ण सामाग्रीहरु एउटै छनामुनि उपलब्ध गराउने उदेश्यीयले अर्जुनधारा सपिङ मार्ट सञ्चालन ल्याएको सञ्चालकहरुले बताएका छन् । 

अर्जुनधारा सपिङ मार्टको आगामी साउन २ गते औपचारिक रुपमा उद्घाटन गरिने शनिवार (आज) सपिङ मार्ट पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको हो । उक्त सपिङ मार्टमा कस्मेटिक, होम ग्यालोरी, पूजा सामाग्री, स्टेशनरीसहित दैनिक उपभोग्य सामाग्री उपलब्ध हुने अर्जुनधारा सपिङ मार्टका अध्यक्ष ताराप्रसाद नेपालले जानकारी दिए । 

सपिङ मार्टमा सरल र उपयुक्त मूल्यमा गुणस्तरीय सामाग्री उपलब्ध हुने मार्ट सचिब यदुनन्दन दाहालले बताए । उनका अनुसार उद्घाटनका अवसरमा होम ग्यालोरीमा १० प्रतिशत छुटको पनि ब्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, समाजसेवी, ब्यवसायीसहित सवै क्षेत्रका १८ जना र दुईवटा संस्थाले मार्ट सञ्चालनमा ल्याएका बताइएको छ । 

तीन करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको मार्टमा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक समिति सदस्य भानु जोशी ज्ञवालीले जानकारी दिएका छन् । 

अर्जुनधारा नगर तथा आसपासका क्षेत्रका उपभोक्तालाई मध्यनजर गर्दै मार्ट सञ्चालनमा आएको छ । सरकार र स्थानीय तहका सम्पूर्ण नियम कानुन बमोजिम सञ्चालनमा आएको मार्टमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न नगरले समन्वय गरिदिन समेत सञ्चालकहरुले आग्रह गरेका छन् ।