झापा ।
झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का एक बालकको देवनीया खोलामा नुहाउने क्रममा डुवेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेका सितु सापकोटाका ११ बर्षिय छोरा ईश्वर सापकोटा रहेका छन् ।
देउनीया खोलामा नुहाउन जाँदा खोलामा डुबेर बेपत्ता भएका बालक इलाका प्रहरी कार्यायल पृथ्बीनगरको प्रहरी टोली र स्थानियबासीहरु सहितले खोजतलास गर्ने क्रममा उक्त खोलाको किनारमा मृत्त अबस्थामा फेला पारेका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।