झापा ।
बैकिङ कसुर मुद्दाका फरार एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–६ का ४७ बर्षिय टेकनाथ ढुङ्गाना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७८।१२।१६ गतेको फैसला बमोजिम बैकिङ कसुर मुद्दामा फरार रहेका ढुङ्गानालाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए अनुसार हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















