झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ गैरिगाँउ स्थित खेतमा खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

खेत जोत्ने क्रममा प्र.१–०१–००१ त ९३२५ न.को ट्याक्टर दुर्घटनामा परी ट्याक्टरका सह–चालक २६ बर्षिय बिकास कुमालको घटना स्थलमै मृत्यु भएको हो । 

सोही स्थानको ट्याक्टर र ट्याक्टर चालक ३४ बर्षिय चन्द्रबहादुर कुमाल प्रहरीको   नियन्त्रणमा रहेको साथै उक्त घटनाको बिषयमा इलाका प्रहरी कार्यालय धुलाबारीले  थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।