विराटनगर । 

सुनसरी देवानगञ्ज गाउँपालिका पक्की टोलबाट भन्सार छलेर ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडीसहित पक्राउ परेको छ ।

शुक्रवार(आज) १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूहको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ । बरामद भएको लत्ता कपडा र गाडी कानुनी प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।