सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले पाँच जना सञ्चारकर्मीसहित नगरका कर्मचारीसहित नगरलाई सहयोग गर्नेलाई सम्मान गरेको छ । नगरले शुक्रवार (आज) नगरको सभाहलमा नीति, बजेट तथा कार्यक्रम सार्वजनिककरण तथा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

कनकाई विकास पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी तीर्थराज खरेल, अम्बिका भण्डारी, विनोद पाण्डे, मदन संग्रौला र दिपेश प्रसाई रहेका छन् । उनीहरुलाई जनही ५ हजार रुपैयाँ पुरस्कृत समेत गरिएको थियो । 

त्यसैगरी सम्मानीत हुनेहरुमा नगरको भवन निर्माण अनुगमन समितिका सदस्य तथा निवर्तमान वडा नं. १ का वडाअध्यक्ष रोशन पोखरेल, नगरमा घरबहाल कर तिर्ने सनराइज बैंक सुरुङ्गा, ब्यक्तिगत तर्फबाट घरनक्सा पास वापत धेरै कर तिर्ने शिसिरकुमार पोखरेल, सम्पत्ती करतर्फ कृष्ण÷प्रेमकुमार गिरी, कृर्षितर्फ भिम सुब्वालाई सम्मान गरिएको थियो । 

त्यस्तै नगरका कर्मचारीतर्फ नगरका प्रमुख प्रशाशकीय अधिकृत मोहनप्रसाद न्यौपाने, कर्मचारी लक्ष्मी अधिकारी, कुशल हुमागाई, उमानाथ ढकाल, निर्मला बास्कोटा, रुपा बस्नेत, याम अधिकारी, अस्मिता गुरुङ, अनुप रेग्मी, मनिता राईलगायतलाई नगदसहित सम्मान गरिएको थियो । 

सम्मानीतहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, निवर्तमान उपमेयर मञ्जु प्रसाईले सम्मान गरेका थिए । स्वागत उपमेयर शिवाकोटीले गरेको कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, सम्मानीतका तर्फबाट तीर्थराज खरेल, अम्बिका भण्डारी, पूर्व कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य तथा लेखा समिति संयोजक भगन टुडु, सुशासन समिति संयोजक साबित्रा वर्देवा, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाई, निवर्तमान उपमेयर प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरको नीति, बजेट तथा कार्यक्रमसमेत पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।