बिर्तामोड । 

करिब १० बर्ष अघि बहुबिबाह  मुद्दाका फरार ब्यक्तिलाई  जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०६९।०६।२२ गतेको फैसला बमोजिम  बहुबिवाह मुद्दामा फरार रहेकाका दमक–५ हाल मोरङउर्लाबारी–५ का ४६ बर्षिय जीबनाथ कोइराला रहेका छन् । 

पक्राउ परेका कोइरालालाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्ला अदालत चन्द्रगढी झापामा उपस्थित गराइएको र अदालतको आदेशले अनुसार प्रतिबादीलाई ठहरेको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

कोइरालालाई १ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।