मोरङ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आरआईटी प्रहरी टोलीले एक जना फरार प्रतिवादिलाई पक्राउ गरेको छ ।

सुनसरी जिल्ला अदालतको मिति २०६१।०८।१५ गतेको सजाय निर्धारण फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई  कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा–८ का ६० बर्षीय डिल्लीराम ढकाललाई पक्राउ गरेको गरिएको हो ।

ढकाललाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकेर बसेको अबस्थामा फेला पारी अदालतले कैद भुक्तानको लागि सुनसरी कारागार झुम्का पठाएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।