सुुरुङ्गा ।
झापा कनकाई नगरपालिका–४ को लक्ष्मीपाण्डे सालिकदेखि गौतम चौक सम्मको सडक कालोपत्रे गर्ने काम ठेकेदार कम्पनी सुुनकोशी एभरग्रीन कम्पनी प्रालि र सडक विभाग दमकको मिलोमतोमा सडक कालोपत्रे हुुन नसकेको सांसद एलपी साँबा लिम्बुुले बताएका छन् ।
‘असार मसान्त सम्ममा पिच सक्नुु पर्नेमा असार ३० गतेसम्ममा पनि सडकमा ढाँट राख्ने मात्रै काम भएको छ’ सांसद साँवाले भने ‘यो सब काम नर्गने र यस क्षेत्रका सांसदले काम गरेनन भन्नका लागि सबै जालसाजीस गरेको हो ।’
‘यो सबै जनप्रतिनिधिलाई फटाह हुुन भन्नका लागि रचिएको षडयान्त्र हो’ सांसद साँबाले भने । लक्ष्मीमार्ग उक्त बाटो पुूर्व प्रदेशका कृषिमन्त्री समेत भइसकेका प्रदेश सांसद हिराकुुमार थापाको घर अगाडिको समेत बाटो भएकोले सांसदले आफ्नै घर अगाडिकै बाटो बनाउन सकेन अन्यत्र के विकास गर्ला भन्ने नारा लगाउनका लागि समेत बाटो निर्माणमा ढिलाई गरिएको भन्दै उक्त बाटो नबनाउने ठेकेदार कम्पनी र सडक विभाग दुुवैपक्ष बाटो नबन्नेमा दोषी भएको समेत सांसद साँबाले बताए ।
उक्त सडक बिर्तामोडको सुुनकोशी एभरग्रिन कम्पनीले २१ सय मिटर बाटो कालोपत्रेका लागि १ करोड ५५ लाखमा ठेक्का लिएका हुुन् । यस कम्पनीका ठेकेदार भरत भट्टराईले केहिदिन पहिले सम्पर्कमा आफुुले जसरी पनि असार २९ गतेसम्ममा सडक पिच गरिसक्ने बताएका थिए । तर, यो समाचार तयार पार्दासम्म सडकमा पिचमा धुुलो सफा गर्ने र सडकमा ढाट राख्ने वाहेक वाँकी काम भने भएको छैन । यता सडक विभाग दमकले समेत ठेकेदारले काम गर्न ढिलाई गरेको भन्दै २० प्रतिशत रकम रोकि राखेको जनाएको छ ।
यसैविच सडक विभाग र ठेकेदार कम्पनीको मिलोमतोमा काम गर्न ढिलाई गरेको भन्दै यस क्षेत्रका स्थानीयले आज(बिहीवार) लक्ष्मी मार्गमा विरोध प्रदर्शन गरेका छन् । वडाअध्यक्ष रोशन सुुवेदी, पूर्व वडाध्यक्ष गोविन्द पौडयाल, कनकाई ३ का वडा सदस्य गोविन्द सुुवेदी, नेकपा एमालेका कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, सचिव विनोद राना, सहसचिव दिपक चापागाई, एलपी साँबाका स्वकिय सचिव विशाल खनाल, स्थानीय समाजसेवी ओम पाठक लगायातको टोलीले ठेकेदार कम्पनीको गल्तीले यस क्षेत्रको बजेट फ्रिज भएमा सो ठेकेदार कम्पनीलाई यस क्षेत्रको कुुनैपनि काम गर्न नदिने बबताएका छन् । कनकाई नगरपालिकाले खुुलाएको अर्को ठेक्का समेत उक्त कम्पनीले पारिसकेको भन्दै उक्त ठेक्काबाट कम्पनीलाई हटाउन समेत नगरपालिकासँग आग्रह गरिएको छ ।