बिराटनगर । 

सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशातर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका–५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा धामी घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी उदयपुरको कटारीबाट मैयाखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका–४  मा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारको लागि धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका–१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको तथा अन्य घाईतेहरुको सोही अस्पताल उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।