बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण तथा भ्रमण गरेका छन्।

निरीक्षण तथा भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई शुन्य सहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन निर्देशन दिएका थिए । गिरीले पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न समेत निर्देशन दिए । 

त्यसैगरी समुदायमा आत्महत्या गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न र गाँजाको खेतीहरु बढ्दै गईरहेको हुँदा समयमै प्रहरी परिचालन गरी नियन्त्रण गर्नेतर्फ बिशेष ध्यान दिन समेत निर्देशन दिएका छन् ।