झापा । 

झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारे मोवाइल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । 

गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनीका मोबाइल –२९  थान,  घडी २ थान र  ६१ हजार ५०० रुपैयाँ गरी जम्मा  ५ लाख अठार हजार दुई सय रुपैयाँ मुल्य बराबरको चोरी भनेर जानकारी पाएपछि चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई गत २८ गते राती पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवाइल, मोवाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । त्यसका साथै उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको प्रहरीले जनाएको छ । घटानाका बिषयमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।