मोरङ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पथरीशनिश्चरे–१ का ३६ बर्षीय बीरबहादुर थापाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले थापाले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय पथरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।