बिराटनगर । 

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह आरआईटी प्रहरी टोलीले सवारी ज्यान मुद्दाका एक जना फरार ब्यक्तिलाई पक्राउ गरेको छ । 

सुनसरी जिल्ला अदालतको मिति २०७६।०३।२९ गतेको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

बिराटनगर महानगरपालिका–४ का २२ बर्षीय नविन माझी गाँउ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको प्रदेश प्रहरीले जनाएको छ ।