सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४२ प ३७१३ नम्वरको मोटरसाईलले बाटो काट्दै गरेको अवस्थामा स्थानिय ६० बर्षीया रुकमी सरदारलाई ठक्कर दिदा घाईते भएकि थिइन् । सरदारको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाईकल र चालक रामधुनी–९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।