झापा । 

झापाको मेचीनगर नगरपालिका–६ बाट अवैधरुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको सामान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा पकवान तेल ४२ कार्टुन र झ्याल ढोकामा प्रयोग हुने ह्यन्डिल ४८ थानसहित अन्दाजी १ लाख ६१ हजार मुल्य बरावरको सामान बरामद गरेको हो ।

बरामद गरिएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।