बिराटनगर ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह प्रहरी टोलीले सवारी ज्यान मुद्दाका एक जना फरार ब्यक्तिलाई पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७६।०३।२९ गतेको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ तेत्तीस रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका फरार प्रतिवादी बिराटनगर महानगरपालिका–४ का २२ बर्षीय नविन माझीलाई गाँउ घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको प्रदेश प्रहरीले जनाएको छ ।