झापा ।
झापामा बिभिन्न मितिमा अबैध सुपारी प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ भञ्सार छलेर लगिदै गरेको सुपारी प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार भञ्सार छलेर लादै गरेको दुईसय ४५ केजी एकलाख २२ हजार पाँचसय मूल्य बराबरको सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त सुपारी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले बिभिन्न मितिमा बरामद गरेर आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।