सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरेर हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (आज) घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा पेटमा छुरा प्रहार गरी घाईते बनाएका थिए ।
ईलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोलीले घाईतेलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको प्रदेश प्रहरीले जनाएको छ ।