बिराटनगर ।
मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
सोमवार राती साँढे ८ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका–१४ मा ना ६ ख १८३४ नम्बरको ट्याङकरले साईकलमा बाटो क्रश गर्दे गरेका बिराटनगर–१३ का ५५ बर्षीय बिजय बानियालाई ठक्कर दिंदा घाईते भएका बानियाको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको प्रदेश प्रहरीले जनाएको छ ।