सुनसरी । 

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराउका ५ बर्षीय छोरा आकाश उराउ २६ गते बेलुका देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घर नजिकै रहेको खोलामा डुबेर मृत अबस्थामा फेला परेका थिए ।

 त्यसैगरी ईनरुवा नगरपालिका–२ का ६५ बर्षीय गंगाराम मण्डल २७ गते बिहान देखि हराईरहेकोमा खोजतलास गर्ने क्रममा घर नजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् ।

दुबै घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।