सुरुङ्गा ।
केही दिन झापाको कनकाई नगरपालिका ३ मा गरिएको कालोपत्रे प्राविधिक रुपमा समस्या भएको भन्दै ठेकेदार कम्पनीले भत्काएर पुनः कालोपत्रे गरिदिएको छ । गत शनिवार रातभर गरेको ठेकेदार कम्पनीले बनाएको कालोपत्रे सडक गुणस्तरहिन भएको पाइएपछि स्थानीयको बिरोधपछि भत्काएर पुनः निर्माण गरिएपछि स्थानीय खुसी भएका हुन् ।
ठेकेदार संजिव थेबे र अलकत्र कम्पनीका सञ्चालक डम्बर फुयाँल, हरि भट्टराईको टोली लागेर बनिसकेको कालोपत्रे सडक उक्काएर पुनः निर्माण गरेका हुन् ।
‘काम गर्ने क्रममा गल्ति सबैबाट हुुन्छ’ ठेकेदार संदिप थेबेले भने ‘हाम्रा काम गर्ने कामदारले अलकत्राको प्लाण्टमा असावधानी गरिदिदा पिचलाई पुन निर्माण गनुुपर्यो ।’ उनले उक्त कामलाई पुुनः गर्दा २५ लाख रुपैँयाँ थप व्यायभार भएपनि स्थानीय बाटो भएकोले काममा कुनै सम्झौता नगरेको सडक निर्माण कम्पनीका ठेकेदार थेबेले बताए ।
‘हामीले त यसरी ठेकेदारले बनाइसकेको बाटो पनि पुनः उक्काएरै पुुरै पिच हुुन्छ भनेर सोचेकै थिएनौं’ स्थानीय पदमप्रसाद मैनालीले भने ‘अब पिच राम्रो भयो, ठेकेदारलाई दोष दिने ठाउँ छैन ।’ ठेकेदारले नोक्सान व्यहोरेर भएपनि घरको बाटो राम्रो बनाइ दिएकोमा स्थानीय सुुनिल भेटवाल र हरि सिटौलाले पनि ठेकेदार कम्पनीलाई धन्यावाद दिएका छन् ।
कनकाई नगरपालिका ३ सुुरुङ्गा खोला पुुल हुुदै कनकाई नगरपालिका ४ को सिमासम्मको १९ सय मिटर पंञ्चायात मार्ग आगामी असार मसान्तमा सक्नेगरि एसए एस कन्स्ट्र«सन प्रालि विराटनगरले ३ करोड ४१ लख २१ हजार ८ सय ७९ रुपैँयाँमा ठेक्का पारेको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालयले उक्त ठेक्का लगाएको हो । उक्त सडकको स्थानीय पेटी ठेकेदार भने मिराकहाङ्ग निर्माण सेवा सुरुङ्गा रहेको छ । उक्त सडकमा लगाइएको म्याटिरियल समेत कनकाई नगरपालिका–५ मै बनाइएको हँुदा आफुुहरुले गाउँको सडकमा कुुनै सम्झौता नगर्ने संचालकहरु डम्बर फुयाँल र हरि भट्टराईले बताए । ‘फेरिपनि समस्या आएको खण्डमा हामी जतिवेला पनि सच्याउन तयार छां’ै फुुयाँलले भने । उनले आफुुहरुले गरेको काममा कमजोरी देखाइ दिएको भन्दै स्थानीयवासी र समाचार लेख्ने पत्रकारलाई फुयाल र भट्टराईले धन्यावाद समेत दिएका छन् ।