हल्दीबारी । 

झापाको हल्दिबारी गाउँपालिका–४ स्थित  श्री नवदुर्गा मन्दिर बडाबारीले आर्थिक बर्ष २०७८/७९को आम्दानी तथा खर्च  बिबरण सार्वजनिक गरेको छ।

बडाबारी बजारमा बि.स. २०३९ सालमा स्थापना भएको धार्मिक संस्था हो। स्थानीय नवदुर्गा मन्दिर साबिक जलथलकै ऐतिहासिक  तथा धार्मिक मान्यता बोकेर घटस्थापनाको दिनदेखि बिजया दशमीको दिनसम्म लगातार पाठ परायण गर्दै नवौ तथा दशमीको दिन शान्ति धार्मिक मेलाको आयोजना गर्दै आएको छ।

लामो ईतिहाससँगै काठे मन्दिरलार्इ स्थानीयबासीले पुराणको आयोजना गरि पक्की मन्दिर बनाउन सफल भएतापनि हाल आएर ६ बर्ष यता दैनिक पाठ परायण तथा बडादशैं मेला र रामनवमी महोत्सव धरासयी बन्दै गएको श्री नवदुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष हरिमाया घिमिरेले बताएकी छिन् । 

 गत आर्थिक बर्ष २०७८/७९ को आय–ब्यय विवरण अनुसार बडादशै २०७८ को लागि हल्दिबारी गाउँपालिकाले रु ९ हजार ८५० रुपैयाँ, वडा नम्बर ४ ले ९ हजार ८५० रुपैयाँ, मन्दिर समितिलार्इ भेटी चढावाबाट प्राप्त ११ हजार १६० रुपैयाँ  र बडाबारीका स्थानीय ब्यापारीको सहयोग मार्फत १६ हजार २९५ रुपैयाँ संकलन भएको जनाइएको छ । 

सो संकलित रकमले खर्च भरपार्इ गर्न गार्हो भएको जनाइएको थियो। स्थानीय सरकारमा रहेका आधिकारिक जनप्रतिनिधिको उपेक्षाको कारण बडादशै मेला र धार्मिक नृत्यकर्म धराप अवस्थामा पुगेको अवस्थामा  गत बर्षको मुस्टि बचतमा मौजुद २९ हजार ७४८ रुपैयाँसहित गरि आम्दानीतर्फ ९४ हजार १९० रुपैयाँ र खर्च  तर्फ ६६ हजार ८०८ रुपैयाँ रहे पनि वास्तविक घाटामा रहेको स्पस्ट देखिन्छ । 

अक्षयकोषमा ठाकुरप्रसाद साहले आफ्नो बृद्धभत्ताको प्रति महिना ५ सय रुपैयाँका दरले नियमित जम्मा गर्दैछन् भने स्थानीय समाजसेवी निलम मैनालीले नियमित बचतबाट ६ सय ५ रुपैयाँ जम्मा गरेको बताइएको छ।

 यसैपाली हल्दिबारी–४ का समाजसेवी तथा कलाप्रेमी हरिप्रसाद दहाल र अम्बिका दहाल एकलाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् । कार्य समितिकाने आ.ब.२०७८/७९ को सदस्यता तथा बार्षिक शुल्क गरि रु ३ लाख ९३ हजार ७६२ रुपैयाँ मौजात रहेको मन्दिरका सचिब नितेश्वर साह हलुवाइले जानकारी दिएका छन् ।