झापा । 

 झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुलबाट दुईजनालाई प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० का ३१ बर्षिय प्रदिप आले मगर र २०बर्षिय प्रशन्न राजवंशी रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा रइलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरु माथि शंका लागि चेकजाँच गरेको थियो । 

चेकजाच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागू औषध खैरो हिरोईन १३ ग्राम, मोबाईल २ थान र नगद तीनहजार रुपैयाँ बरामदगरी  नियन्त्रणमा लिएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।