विराटनगर ।

जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाउँपालिका–५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ बर्षीय सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका–२ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगेर २३ बर्षीया महिलालाई रातको समयमा धाकधम्की दिएर जबरजस्ती करणी गरेको  पिडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरेपछि उनलाई गत २५ गते पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जवरजस्ती करणी) शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रदेश नं. १ प्रहरी कार्यालयले  जनाएको छ ।