सोलुखुम्बु । 

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ का ५७ बर्षीय सुब्बा कामीको हत्या आरोपमा कामीकै श्रीमती र अर्की एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ । 

गत असार २५ गते राती श्रीमान श्रीमतीसँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सोलुखम्बुको  प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा कामीलाई उनकै श्रीमती ५५ बर्षीया बुदामाया बि.क. र स्थानीय ५३ बर्षीया ङिमा तामाङले हत्या गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ । हत्या गर्ते दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुबै जनाको बिषयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालय जनाएको छ ।