मोरङ । 

सवारी ज्यान मुद्धामा  पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भएर फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका–९ का ३१ बर्षीय बिनोदकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । 

खवासलाई सवारी ज्यान मुद्धामा पुनाराबेदन अदालत बिराटनगरको २०७१।१२।११ गतेको फैसला आदेशले २ बर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनि हालसम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समुहको प्रहरी टोलीले सोमबार (आज) सुन्दरहरैचा–९ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको प्रदेश प्रहरीले जनाएको छ ।