ताप्लेजुङ ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढूङगाले लागेर एक जना पैदल यात्रीको मृत्यु भएको छ । उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङगा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङगाले लागेर पैदल हिडिरहेका सिदिङवा गाउँपालिका-३ भञ्याङका २२ बर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।