मोरङ ।

 

मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।                        दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८  नम्बरको मोटरसाईकलले बिपरित दिशातर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर-१५ का  ४५ बर्षीय भोला श्रेष्ठ र  १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए ।                                    घाईते दुबै जनालाई उपचारको लागि न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।