झापा ।
झापाको मेचिनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन् ।
काँकडभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट प्रधानलाई पक्राउ गरिएको हो । प्रहरीले नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।