सुरुङ्गा । 

असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ । झापाको कनकाई नगरपालिका –३ मा शनिवार रातभर गरेको सडक कालोपत्रे गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोधपछि ठेकेदारले भत्काएको छन् ।झमझम पानी परेको वेला कमशल सामाग्री राखी ठेकेदार कम्पनीले रातको समयमा पिच गरेको थियो । विहान उठेर स्थानीयले खबरदारी गरेपछि ठेकेदारले हाम्रो गल्ती भयो भनेर बनाइसकेको पिच समेत उत्काउन थालेको स्थानीयले बताएका छन् ।

कनकाई नगरपालिका ३ सुुरुङ्गा खोला पुुल हुुदै कनकाई नगरपालिका –४ को सिमासम्मको १९ सय मिटर पंञ्चायात मार्ग आगामी असार मसान्तमा सक्ने गरि एसएएस कन्स्ट्र«क्शन प्रालि विराटनगरले ३ करोड ४१ लख २१ हजार ८ सय ७९ रुपैँयाँमा ठेक्का पारेको थियो।

शहरी विकास तथा भवन निर्माण कार्यालयले लगाएको उक्त ठेक्काको हाल काम अन्तिम अवस्थामा पुुगेको छ । बनिसकेको करिव ५ सय मिटर पिच कनकाई –३ को कनकाई टोल र टप्पु खण्डको ठेकेदार कम्पनीले पुुन भत्काएको हो । सो क्षेत्रमा पुुन पिच गर्ने ठेकेदार कम्पनीले बताएको छ । हतारोमा राती काम गर्ने क्रममा कमशल काम गर्न थालेपछि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले बनिसकेको रोड समेत भत्काएको स्थानीयको भनाई छ ।

कमशल काम गर्न खोज्दा जनताको विरोध गरेपछि ठेकेदारले पुन काम गर्नु परेको स्थानीय शेरबहादुुर थापाले बताएका छन् । उक्त सडकको स्थानीय पेटी ठेकेदार भने मिराकहाङ्ग निर्माण सेवा सुरुङ्गा रहेको बुझिएको छ ।  निर्माण सेवा नेपाली कांग्रेस झापाका पार्टी सभापति देउमान थेबेको छोरा संजिव थेबेको हो ।