मोरङ । 

मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने चार वटा टि«पर र पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

आइतबार (आज) मोरङको केराबारी गाउँपालिका–३ को हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को.२ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका–४ बाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्वरको टि«पर र प्रदेश १–०४–००१ त ४२०,  प्रदेश १–०१–००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।