सुनसरी ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।
आइतवार (आज) को .२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका–४ कि ५५ बर्षीया जयमुन खातुनको घटना स्थलमै मृत्यु भएको र मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएकोमा जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ ।
ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।