संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चैनपुर–६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभी प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउँपालिका–३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागेर घाईते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटनाका बिषयमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।