सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीबाट लुकाएर राखेको अवस्थामा ५ बोरा अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
आइतवार (आज) बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाएर राखेको अवस्थामा १२२ किलोग्राम ५ बोरा अवैध लागूऔषध गाँजा फेला पारेको हो ।
फेला परेको उक्त गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएर राखिएको र ओसार–पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको प्रदेश नं. १ प्रहरी कार्यालय जानकारी दिएको छ ।