इलाम।

इलामको  माई नगरपालिका –५ धोबिखोलाका ८२ बर्षीय प्रेमबहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ । आइतवार (आज) बिहानको राती २ बजे पानी सँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर किच्दा लिम्बुको घटना स्थलमै मृत्यु भएको हो । 

लिम्बुको बाँसको टाँटी, टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बुको मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय ईलामको प्रहरी टोलीले कननुनी प्रकृया तथा अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।