सुरुङ्गा । 

रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई पुरस्कृत गरेको छ । हेमकला टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत भएका हुन् । पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ । 

कनकाई नगरपालिकाका प्रेस क्लव अध्यक्ष राम निरौलाले आफ्ना बुवा टीकाराम र आमा हेमकला निरौलाको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट राईलाई शनिवार (आज) सुरुङ्गामा पुरस्कृत गरिएको हो । कार्यक्रममा पत्रकार राईका बिषयमा पुरस्कार दाताका तर्फबाट राम निरौलाले चर्चा गरेका थिए । रोटरी क्लब र रोटर्याक क्लबको पदहस्तान्तरण तथा सपथ ग्रहणका अवसरमा राईलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान डिस्ट्रीक गर्भनर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि रिजालले क्लवका अध्यक्ष प्रसाईलाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष प्रसाईले अन्य पदाधिकारी तथा कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै रोटर्याकलाई एजी निकिता गिरीले सपथ ग्रहण गराएकी थिइन् । 

क्लवका उपाध्यक्ष शिवकुमार कँडेलले स्वागत गरेको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कार्य विवरण प्रस्तुत गरेका थिए भने अध्यक्ष प्रसाईले आफ्नो आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबकी सचिब मेनुका उप्रेतीले गरेकी थिइन् ।