झापा ।
झापाको मेचिनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारीसहित सवारी साधन पक्राउ गरेको छ ।
शनिवार (आज) इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको प्रहरी गस्ती टोलीले काँकरभिट्टातर्फ आउँदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जी.अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ मुल्य बराबरको बरामद गरेको हो ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दानबहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।