बिराटनगर । 

मोरङको बिराटनगर महानगरपालिका–६ स्थितबाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

बिशेष सुचनाको आधारमा  १ नम्वर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले बिराटनगर–६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा २३५० केजि, मटर ३२ बोरा ९९६० केजि, छोकडा ५ बोरा २५० केजि, पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको  समान बरामद गरेको हो ।

बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।