विराटनगर ।
मानब बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका –९ का ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका–१० का २३ बर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी समुहको प्रहरी टोलीले उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरेको हो । अदालतले कैद भुक्तानको लागि सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ ।
पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार–पसार मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रहेर फरार रहेका थिए।