झापा ।
झापाको मेचीनगर नगरपालिका –६ मेचीपुलबाट एक जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ नयाँ बसपार्क बस्ने २२ बर्षीया रोजिना आले खड्का रहेकी छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई लागूऔषध ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी मेचीनगर नगरपालिका –१ ज्योतीटोल बस्ने ४४ बर्षीय पदमबहादुर दर्जी र २३ बर्षीय चरण लामिछानेलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तिरिङखोलाको प्रहरी टोलीले दर्जीको घरबाट लागूऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।