मोरङ ।

मोरङ बिराटनगर महानगरपालिका–१३ रोड शेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका –२ अमडुवा फारमका ४५ बर्षीय सनेन्दर राय रहेका छन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको WB23B 4961 नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाईते भएका रायको उपचारको लागि कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।

ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ।