झापा । 

झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका –९ बस्ने २० बर्षीय निरज राय रहेका छन् । रायले बजारमा किनमेल गरिरहेकी मेचीनगर नगरपालिका –९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले तत्कालै सिक्रीसहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।